उत्तर कोरियाले गर्यो ‘न्यूक्लियर अन्डर वाटर’ ड्रोनको परिक्षण

नेपालभ्युज

उत्तर कोरियाले गर्यो ‘न्यूक्लियर अन्डर वाटर’ ड्रोनको परिक्षण
तस्वीर स्रोतः बीबीसी

काठमाडौं। उत्तर कोरियाले पानीमूनि परमाणु हतियार प्रणालीको परिक्षण गरेको छ। यो प्रणाली अनुसार पानी मूनी ड्रोनको माध्यमबाट परमाणु बम प्रहार गर्न सकिने छ ।

यसहप्ता अमेरिका, दक्षिण कोरिया र जापानले गरेको सैन्य अभ्यासको प्रतिक्रियास्वरुप उत्तर कोरियाले पानी मूनी परमाणु हतियारको परिक्षण गरेको हो । वाशिङ्टन, सियोल र टोकियोको संयुक्त सैन्य अभ्यासले पानीमूनि हतियार परिक्षण गर्न आफूलाई बाध्य बनाएको  उत्तर कोरियाको न्यूज एजेन्सी केसीएनएले शुक्रबार जनाएको छ।

क्षेत्रीय अवस्थालाई थप अस्थिर बनाउन र आफ्नो सुरक्षा प्रणालीलाई तर्साउन सैन्य गतिविधि अघि बढाएको उत्तर कोरियाले आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धहरुको भने यसलाई उल्लंघन मानिन्छ।

सरकारी मिडियाका अनुसार ‘न्युक्लियर अन्डर वाटर ड्रोन’को परिक्षण पूर्वी तटबाट सफलतापूर्वक भएको छ । उत्तर कोरियाले ‘हेल–५–२३’ प्रणालीको परिक्षण पुष्टि गरे पनि त्यहाँ हतियार नै भएको भने पुष्टि भइसकेको छैन ।

दक्षिण कोरियाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। पछिल्लो केही हप्तामा उत्तर कोरियाले सैन्य गतिविधि बढाएको छ। ब्यालिस्टिक मिसाइल परिक्षणको तयारी भइरहेको पनि उत्तर कोरियाले दाबी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved