प्रदर्शनमा घातक हतियार प्रयोगबारे कारण देखाउ आदेश जारी

नेपालभ्युज

प्रदर्शनमा घातक हतियार प्रयोगबारे कारण देखाउ आदेश जारी
फाइल फाेटाे

काठमाडौं । सर्वोच्च अदालतले प्रदर्शनमा घातक हतियार प्रयोगबारे कारण देखाउ आदेश जारी गरेको छ । भिड नियन्त्रणका क्रममा प्रदर्शनमा घातक हतियार प्रयोग निषेध गर्नुपर्ने मागसहित दायर भएको रिटमा अदालतले बिहीबार र सुनुवाइ गर्दै  सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले भिड नियन्त्रण गर्ने क्रममा घातक हतियारको प्रयोगबारे १५ दिन भित्र लिखित जवाफ पेस गर्न  सरकारका नाममा कारण देखाउ आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शान्तिसुरक्षा व्यवस्थापन गर्न खटिएका सुरक्षाकर्मीले घातक हतियार प्रयोग गर्दा निहत्था मानिसको ज्यान गएको भन्दै भिड नियन्त्रणमा त्यस्ता हतियार प्रयोग निषेध, सुरक्षाकर्मीहरुलाई आत्म सुरक्षा गर्ने उपकरण उपलव्ध गराउनुपर्नेलगायत मागसहित  बुधबार सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको थियो ।

पुस १३ गते ललितपुरको बालकुमारी र २० गते सर्लाहीको बरथहवामा भिड नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली प्रहार र कुटाइबाट ३ युवाको मृत्यु भएको थियो । उक्त घटनापछि  प्रहरीले प्रदर्शन व्यवस्थित गर्न अन्य विकल्प हुदाहुदै अत्यधिक घातक बल प्रयोग गरेको भन्दै  आलोचना हुँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved