सार्वजनिक स्थानमा पोछा लगाउँदै बलिउड अभिनेता

नेपालभ्युज

सार्वजनिक स्थानमा पोछा लगाउँदै बलिउड अभिनेता

एजेन्सी । बलिउड अभिनेता जैकी श्राफ जीवनमा पनि मेहनती तथा कोमल मनका धनी छन् । यसैको एक नमूना हालै देख्न पाइयो । जैकीले सार्वजनिक ठाउँको सरसफाई गरेका छन् ।

अभिनेताको एउटा भिडिओ अहिले भाइरल भइरहेको छ । जहाँ उनले भर्‍याङमा पोछा लगाइरहेका देखिन्छन् । जैकी कसैप्रति ध्यान नदिइ आफ्नो काममा मग्न भएका छन् । उनले कुनाकुनाको पनि सफाई गरिरहेका छन् ।

अभिनेताको यो भिडिओले दर्शक तथा प्रसशंकलाई हैरान पारिरहेको छ । धेरैले उनलाई ६६ वर्षको उमेरमा पनि यस्तो लगन तथा हिम्मतलाई मान्नुपर्छ भनेका छन् ।

त्यस्तै भिडिओमा प्रतिक्रिया दिनेहरुले ‘जो मानिस जिरोबाट हिरो बनेको छ उसले आफ्नो महत्व कहिल्यै बिर्सदैन’ पनि भनेका छन् । साथमा उनलाई एक महान् कलाकारको उपमा पनि दिइरहेका छन् ।

जैकी श्राफ प्रायः सामाजिक क्रियाकलापमा भाग लिइरहेका हुन्छन् । उनले वातावरण राम्रो बनाउन गरिने कार्यक्रमलाई सहयोग तथा समर्थन गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved