दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्बमाथि

नेपालभ्युज

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्बमाथि

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार ५४ दशमलव ५४ अंकले बढेर सबैतिर हरियाली छाएको सेयर बजारमा आज भने दोहोरो अंकको गिरावट भएको हो ।

आज सेयर बजार परिसूचक १२ दशमलव १० अंकले घटेर २१६३ दशमलव ०३ विन्दुमा पुगेको छ । बुधबार ३०० कम्पनीका २ लाख १० हजार ४ सय ७१ पटकको कारोबारमा ३ करोड ३५ लाख २५ हजार कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८ सय ६८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ११ अंकले घटेर ३९६ दशमलव ३१ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved