बौद्धनाथ परिसरको मर्मत-सम्भार अन्तिम चरणमा (तस्वीरहरू)

विश्व सम्पदा सूचीमा सूचीकृत, धार्मिक एवम् पर्यटकीय स्थल बौद्धनाथ क्षेत्रमा थालिएको बाह्य संरचनाको मर्मत-सम्भारको कार्य अन्तिम चरणमा पुगेको छ ।

बौद्धनाथ परिसरको मर्मत-सम्भार अन्तिम चरणमा (तस्वीरहरू)

काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत, धार्मिक एवम् पर्यटकीय स्थल बौद्धनाथ क्षेत्रमा थालिएको बाह्य संरचनाको मर्मत-सम्भारको कार्य अन्तिम चरणमा पुगेको छ ।

खुसी ग्रूप प्रालिले करसहित १ करोड ३२ लाखमा उक्त मर्मत-सम्भारको ठेक्का लिएको हो । जसमा बाहिरी कोरामा इटा बिछ्याउने, भूमिगत पानीको पाईप बिछ्याउने र ठाउँ-ठाउँमा आगलागी सुरक्षाको लागि ‘वाटर हाइड्रेन्ट’ निर्माण गरिनेछ ।

बत्तीको भूमिगत लाइन, यसैगरी टेलिफोन र इन्टरनेटको लाइनहरू बिछ्याउन सकिएको छ । अहिले बाहिरी कोरा क्षेत्रमा इटा बिछ्याउने कार्य तीव्ररूपमा भइरहेको छ ।

भाइटीकाको दिन शिलान्यास गरिए पनि बौद्धनाथ क्षेत्र विकास समितिका अनुसार निर्माण कार्य भने पुसदेखि सुरू भएको हो । मर्मत-सम्भारको काम फाल्गुन महिनामा हुने स्थानीय मामला जात्राअघि सकिने समितिले बताएको छ ।

हेर्नुस् तस्वीरहरू—


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved