आर्मीले मधेसलाई दियो ३२१ रनको विशाल लक्ष्य, विनोदको शतक, रंजितको फाइफर

नेपालभ्युज

आर्मीले मधेसलाई दियो ३२१ रनको विशाल लक्ष्य, विनोदको शतक, रंजितको फाइफर

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई ३२१ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आर्मीले अन्तिम बलमा अलआउट हुनुअघि ३२० रन बनाएको हो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले शतकीय पारी खेले। उनले ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ११३ रन बनाए । सन्तोष कार्कीले ४२ र कुशल मल्लले ३७ रन जोडे।

अन्तिम बलमा शाहब आलम ७ रनमा आउट भए भने जितेन्द्र मुखिया २ रनमा अविजित रहे।

मधेसका लागि रंजित कुमारले ५ विकेट लिए । विशाल पटेलले २ तथा रुपेश सिंह र राजेश यादवले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved