प्रधानमन्त्री कप क्रिकेटमा बागमतीको लगातार दोस्रो हार, एपीएफको गतिलो सुरुवात

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटमा बागमतीको लगातार दोस्रो हार, एपीएफको गतिलो सुरुवात

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एपीएफले बागमती प्रदेशलाई पराजित गरेको छ। यो बागमतीको लगातार दोस्रो हार हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एपीएफले बागमतीलाई ८९ रनको फराकिलो अन्तरले हरायो । २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १५२ रनमा अलआउट भयो।

बागमतीका लागि कप्तान रित गौतमले ६० र आशुतोष घिरैयाले ४१ रन बनाए। अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

एपीएफका लागि रोहित पौडेलले ४ विकेट लिए । यस्तै मौसम ढकाल र अविनाश बोहराले २–२ तथा भुवन कार्की र पुरण विकको नाममा १–१ विकेट गयो ।

पहिले ब्याटिङ गरेको एपीएफले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा २४१ रन बनाएको थियो ।

एपीएफका लागि सन्दीप जोराले शतकीय पारी खेले। सन्दीपले ११७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ११२ रन बनाएका थिए।

बागमतीका सूर्य तामाङले ३, रिजन ढकाल र प्रतिस जि.सी.ले २–२ र सोनु देवकोटाले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved