बन तरुल खन्दाखन्दै ढुंगाले लागेर मृत्यु, अर्का एक पक्राउ

नेपालभ्युज

बन तरुल खन्दाखन्दै ढुंगाले लागेर मृत्यु, अर्का एक पक्राउ
सांकेतिक तस्वीर।

सल्यान । सल्यानमा आइतबार वन तरुल खन्दै गरेका एक पुरुषको मृत्यु भएको छ । झन्डै सय मिटर माथिबाट खसेको ढुंगाले लागेर उनको ज्यान गएको हो ।

कालिमाटी गाउँपालिका–७, स्वामिबाँसका अन्दाजी वर्ष ४२ का भीमबहादुर भनिने धनबहादुर आलेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी घर नजिकैको जंगलमा वन तरुल खन्दै थिए । तर उनीभन्दा करिब सय मिटरमाथि कालिमाटी गाउँपालिका–६ जुमखोला घर भएका ४४ वर्षीय घनश्याम घर्ती पनि तरुल खनिरहेका थिए ।

घर्तीले खसाएको ढुंगाले लागेर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । ढुङ्गा खसाउने घर्ती प्रहरी नियन्त्रणमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved