नेपाल–भारत अन्तर सरकारी बैठकमा अनधिकृत व्यापार नियन्त्रणबारे छलफल

नेपालभ्युज

नेपाल–भारत अन्तर सरकारी बैठकमा अनधिकृत व्यापार नियन्त्रणबारे छलफल

काठमाडौं । नेपाल-भारत अन्तर सरकारी बैठकमा औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँच बारे छलफल भएको छ ।

 द्विपक्षीय संयन्त्र आईजीएससीको शनिबार भएको बैठकमा अनधिकृत व्यापार नियन्त्रण, पारवहन र सहकार्य सम्बन्धी विषयमा समेत छलफल भएको छ ।

बैठकमा भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशल र नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले नेतृत्व गरेका थिए ।

बैठकमा काठमाडौंस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी र नेपाली मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित थिए ।

नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबीचको निर्बाध अन्तर्देशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्नेबारे समेत बैठकमा छलफल भएको छ ।

बैठकमा भएको छलफलले दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा प्रतिनिधिले गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved