राष्ट्रियसभा चुनावमा आफ्ना उम्मेदवारलाई जिताउन सत्ता गठबन्धनको सार्वजनिक अपिल

नेपालभ्युज

राष्ट्रियसभा चुनावमा आफ्ना उम्मेदवारलाई जिताउन सत्ता गठबन्धनको सार्वजनिक अपिल
फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनका शीर्षस्थ नेताले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

बालुवाटारमा आज बैठकपछि गठबन्धनका नेताहरुले उम्मेदवारको नामावलीसहित सार्वजनिक रुपमा भोट मागेका हुन् ।

संयुक्त अपीलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर छ ।

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्वाचित भएको भनिए पनि गठबन्धनको बैठकमा भने रञ्जिताले हस्ताक्षर गरेकी छन् ।

सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले अपिलमा हस्ताक्षर गरेको छैन । जनमतले राष्ट्रियसभामा पनि छुट्टै उम्मेदवारी दिएको छ ।

अपिलमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन गठबन्धन बलियो बनाउने अवसर भएको भन्दै यसका पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन् ।

हेर्नुहोस संयुक्त अपिल:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved