श्रीमतीलाई हटाएर आफैँ अध्यक्ष बने रेशम चौधरी, रन्जिता भने भूमिकाविहीन

नेपालभ्युज

श्रीमतीलाई हटाएर आफैँ अध्यक्ष बने रेशम चौधरी, रन्जिता भने भूमिकाविहीन

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संरक्षक रेशम चौधरीले पार्टीको अध्यक्ष आफ्नी श्रीमतीलाई हटाएर आफू बनेका छन् ।

कैलालीको टीकापुरमा चलिरहेको पार्टीको पहिलो महाधिवेशनबाट शनिबार रेशम सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

१९ पुस २०७८ मा निर्वाचन आयोगमा दल दर्ता भएको थियो । त्यो बेलामा पत्नी रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष थिइन् ।

टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पार्टी गठन गरेका थिए । त्यो भएर उनी अध्यक्ष थिएनन् ।
गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा पाएपछि रेशम १५ जेठमा छुटेका थिए ।

उनको पार्टीमा अहिले २५ जना पदाधिकारी छन् । जसमा संस्थागत अध्यक्ष रञ्जितालाई कुनै भूमिकामा राखिएको छैन ।
रेशम अध्यक्ष बने पनि उनको पदले मान्यता पाउनेमा संशय छ ।

किनकि राजनीतिक दल सम्बन्धी ऐनको दफा १४ मा राजनीतिक दलको सदस्य हुन ‘नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको’ हुनुपर्ने व्यवस्था छ ।
उनी टीकापुर घटनामा दोषी ठहर भएर सजाय पाएका भएकाेले यो ऐन आकर्षित हुनसक्ने देखिन्छ ।

रेशमले भने निर्वाचन आयोगसँग परामर्श गरिसकेको दाबी गर्ने गरेका छन्, तर आयोगका अधिकारीहरू यसलाई स्वीकार गरेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved