पश्चिमा राष्ट्रको आक्रमणमा पाँचजना मारिए : हुथी विद्रोही

नेपालभ्युज

पश्चिमा राष्ट्रको आक्रमणमा पाँचजना मारिए : हुथी विद्रोही
रातो सागरमा जहाजमा आक्रमण गर्दै हुथी लडाकु (तस्वीरः रौयर्ट्स/बीबीसी )

काठमाडौं। पश्चिमा राष्ट्रले गरेको हवाई आक्रमणमा यमनका ५ जना हुथी विद्रोही मारिएका छन्।

अमेरिका र बेलायतले गरेको हवाई आक्रमणमा परी ५ जनाको मृत्यु र ६ जना घाईते भएको हुथीले जनाएको हो। अमेरिका–बेलायतले ७३ पटक हवाई आक्रमण गरेको हुथीका सैनिक प्रवक्ता याह्या सारीले बताए।

अमेरिका र बेलायतले अष्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्यान्ड्सको समर्थनमा हुथीलाई निशाना बनाएर आक्रमण बढाएका छन् ।

साना र हुदायदालगायत १२ भन्दा बढि क्षेत्रमा आक्रमण भएको छ। यमनको लजिस्टिक हब, वायु रक्षा प्रणाली र हतियार डिपोलाई निशाना बनाइएको छ।

प्यालेस्टिनी अतिवादी समूह हमासको समर्थनमा रहेको हुथीले इजरायलतर्फ जाने हरेक पानी जहाजलाई निशाना बनाउने घोषणा गरेको थियो।

७ अक्टोबरमा सुरु भएको हमास–इजरायल युद्धसँगै हुथीले पानी जहाजमा आक्रमण सुरु गरेको थियो।

हुथीले यमन सरकारविरुद्ध सन् २०१४ देखि संघर्ष गरिरहेको छ । साउदी अरेबिया तथा यूएईलगायत केही अरब राष्ट्रले यमन सरकारलाई समर्थन गर्दै आएका छन्। हुथीलाई इरानको समर्थन रहेको विश्वास गरिन्छ ।

यमन सरकार र हुथीबीचको यूद्धमा लाखौं नागरिकको ज्यान गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved