कवि उपेन्द्र त्रिपाठीको एकल कविता वाचन

नेपालभ्युज

कवि उपेन्द्र त्रिपाठीको एकल कविता वाचन

भरतपुर। कवि उपेन्द्र त्रिपाठीको एकल कविता वाचन गरिएको छ । ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा सम्पूर्ण किताब नारायणगढमा कवि त्रिपाठीका कविता सुन्ने कार्यक्रम राखिएको थियो । कार्यक्रमको सुरुवातमा कवि त्रिपाठीले `म सधैं बाँच्दिन छोरा´ शीर्षकको कविता प्रस्तुत गरे ।

छोरालाई सम्झेर लेखिएको कवितामा बुबाको जिम्मेवारी र कर्तव्यलाई कवि त्रिपाठीले चित्रण गरेका थिए । त्यसपछि उनले मधेसी साथीलाई सम्बोधन गरी लेखिएको `साउने झरीबिच मधेसी साथमा एक चिट्ठी´ कविता प्रस्तुत गरे ।

तेस्रो कवितास्वरुप उनले `व्यथा पुरुष हुनुको´ कविता सुनाए । कवितामा पुरुष भएर भोग्नुपरेका समस्यालाई उनले चित्रण गरेका छन् । त्यसपछि उनले `ती पहिलो बैज्ञानिकहरूका नाम´ र `निक्ल नयाँ यात्रामा´ शीर्षकका कविता सुनाए ।

पहिलो चरणमा छैटौं कवितास्वरुप उनले `फरक छ´ शीर्षकको कविता सुनाए । ६ वटा कविता प्रस्तुत भैसकेपछि कवि त्रिपाठीलाई मनोजविक्रम बिष्ट र प्रेम कँडेलले वाचनमा सहयोग गरे । बिष्टले त्रिपाठीको `भट्टी´ र कँडेलले `गाँठी कुरो´ शीर्षकको कविता प्रस्तुत गरे ।

दुखियाको बापुको गुनासो, मन, उनी माइत हिँडेपछि दोस्रो चरणमा पनि कवि त्रिपाठीले ६ वटा कविता प्रस्तुत गरे । `माटो´ शीर्षकको कवितामार्फत उनले पाषाण युगदेखि अहिलेसम्म माटोको महत्त्वबारे चर्चा गरे । त्यसपछि उनले `कौसी´ शीर्षकको कविता सुनाए । यो कवितामा प्रणय भावलाई उतारेका थिए ।

उनले `दुखिया बापुको गुनासो´, `मन´ र `उनी माइत हिँडेपछि´ लगायतका कविता सुनाए । कार्यक्रममा उनलेे कुल १२ वटा कविता प्रस्तुत गरे । कार्यक्रममा डाक्टर धनेश्वर भट्टराईले पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसका सन्दर्भमा चर्चा गरेका थिए ।

त्यसैगरी साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईंले मन्तव्य राखेका थिए । सम्पूर्ण किताबका लेखराम सापकोटाले अध्यक्षता गरेको कार्यक्रमलाई अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले सहजीकरण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved