नाउपाको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी, जिते मान्ला निर्वाचन आयोग ?

अहिलेसम्मको सिनारियो हेर्दा रेशम नै निर्विरोध अध्यक्ष हुने सम्भावना छ । टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका बेला रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नेतृत्वमा नाउपा गठन गरेका थिए ।

नेपालभ्युज

नाउपाको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी, जिते मान्ला निर्वाचन आयोग ?

टीकापुर । दुई वर्षअघि निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी परेको छ ।

कैलालीको टीकापुरमा जारी पहिलो महाधिवेशनको अहिलेसम्म उनको मात्रै उम्मेदवारी परेको छ । उम्मेदवारी दिने समय सकिन लागेको छ ।

त्यस्तै महासचिवमा गंगा चौधरी, धर्म चौधरी, ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ ।

अहिलेसम्मको सिनारियो हेर्दा रेशम नै निर्विरोध अध्यक्ष हुने सम्भावना छ ।

टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका बेला रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा नाउपा गठन गरेका थिए ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाहा गरेपछि गत १५ जेठमा जेलबाट छुटेका चौधरी नाउपाको संरक्षकको भूमिकामा छन् ।

५२ जिल्लामा सङ्गठन विस्तार गरेको नागरिक उन्मुक्ति पार्टीले अधिवेशनबाट अध्यक्षसहितका ३९ पदाधिकारी र २४१ सदस्यीय केन्द्रीय सदस्य चयन गर्ने जनाएको छ । मनोनीत सहित केन्द्रीय समिति भने ५०१ सदस्यीय हुनेछ ।

रेशमले टीकापुर घटनामा फौजदारी अभियोग लागेर जन्मकैदको सजाय भोगेका थिए । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएका उनी अध्यक्ष बनेपछि वैधानिकताको लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ बाधक हुन्छ या हुँदैन भन्ने चासो छ ।

राजनीतिक दलको सदस्य भ्रष्टाचार, जबरजस्तीकरणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैद सजाय नपाएको व्यक्ति हुनुपर्ने व्यवस्था छ ।

यो व्यवस्थाका कारण रेशमले राजनीतिक दलको सदस्य बन्न नपाउने कतिपय बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved