राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई

राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई

सुर्खेत। वीरेन्द्रनगरमा भएको ३४औं पुरुष राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

बिहीबार भएको फाइनलमा एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट एपीएफले २५–२२ ले जितेको थियो ।

त्यसपछि खेलमा फर्किएको पुलिसले दोस्रो सेट २५–१९ ले जित्यो । पुलिसले तेस्रो सेट २५–१८ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो ।

उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बिहीबार नै विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ ।

२० पुसबाट सुरू भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved