माइक्रोको ठक्करबाट उदयपुरमा साइकलयात्रीको मृत्यु

नेपालभ्युज

माइक्रोको ठक्करबाट उदयपुरमा साइकलयात्रीको मृत्यु

काठमाडौं । मदनभण्डारी राजमार्गको गाईघाट–चुहाडे सडकखण्डको राजाबासमा माइक्रो बसले साइकललाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ ।
टोयोटा हायसले गएराति साइकललाई ठक्कर दिँदा रौतामाई गाउँपालिका – ७ मुर्कुचीका ३८ वर्षीय तुलसी मंग्रातीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका मंग्रातीको उदयपुर अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

माइक्रो चालक ४५ वर्षीय किशोर पाण्डेलाई प्रहरी नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved