जेल बाहिरै बसेर मुद्दा लडिपाउँ भन्दै सन्दीप लामिछाने उच्च अदालत जाने

वकिल सरोज कुमार घिमिरेले नेपाल भ्यूजसँग भने, ‘जिल्ला अदालतको आदेश एकाङ्की छ, तथ्यमा छैन । कुनै प्रमाणले पुष्टि गदृैन । सामाजिक सञ्जालको दबाबमा परेर न्यायधिशले फैसला गरेको देखिन्छ । यसैले हामी उच्च अदालत जान्छौँ ।’

नेपालभ्युज

जेल बाहिरै बसेर मुद्दा लडिपाउँ भन्दै सन्दीप लामिछाने उच्च अदालत जाने

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा ८ वर्ष जेल सजाय सुनाएपछि क्रिकेटर सन्दीप लामिछाने जेल बाहिरै बसेर मुद्दा लड्न पाउँ भन्दै उच्च अदालत जाने भएका छन् ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने र जेल बस्ने आदेशविरुद्ध सन्दीप उच्च अदालत जाने उनका वकिलले बताएका छन् ।

उनका वकिल सरोज कुमार घिमिरेले नेपाल भ्यूजसँग भने, ‘‘पहिलेकै धरौटीले थामी पाउँ र बाहिरै बसेर मुद्दा लड्न पाउँ भन्दै उच्च अदालत जानेछौँ । जिल्ला अदालतबाट पूर्ण पाठ आउने बित्तिकै हामी उच्च अदालत जानेछौँ । अहिले जिल्ला अदालतको आदेश एकाङ्की छ, तथ्यमा छैन । न्यायधिशको चित्तमा लागेको छ । कुनै प्रमाणले पुष्टि गदृैन । सामाजिक सञ्जालको दबाबमा परेर न्यायधिशले फैसला गरेको देखिन्छ । यसैले हामी उच्च अदालत जान्छौँ । त्योवधिमा सन्दीप बाहिरै रहनेछन् ।’’

यसअघि १३ पुसमा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved