अनारको बोक्राले पनि हुन्छ लामो कपाल

नेपालभ्युज

अनारको बोक्राले पनि हुन्छ लामो कपाल

एजेन्सी । अनार खानलाई जति स्वादिष्ट र पौष्टिक हुन्छ त्यसको बोक्रा पनि उत्तिकै उपयोगी हुन्छ ।

तपाईंले अहिलेसम्म धेरै नै घरेलु तरिका अपनाउनु भएको छ होला कपालको समस्या हुँदा । आज हामी तपाईंलाई अनारको बोक्राको प्रयोगले कपाल बढाउने तरिकाबारे भन्नेछौं ।

यसका लागि अनारको बोक्रा एक कप, पानी दुई कप, कागतीको रस दुई चम्चा र स्प्रे बोतल एउटा चाहिन्छ ।

यसलाई बनाउन एउटा भाँडोमा पानी तताउनुहोस् र अनारको बोक्रा पनि राख्नुहोस् । अब यसलाई उम्लिनका लागि छोड्नुहोस् ।

अनारको बोक्रालाई पानीमा कम्तीमा १० मिनेट जति पकाउनुहोस् । जब पानीको रंग परिवर्तन हुन थाल्छ त्यसपछि आगो बन्द गर्नुहोस् । केहीबेर ढाकेर राख्नुहोस् ।

जब यो पानी चिसो हुन्छ त्यसलाई छानेर अर्को भाँडामा राख्नुहोस् । ध्यान दिने कुरा यो पानी चिसो भएपछि मात्र प्रयोग गर्नुपर्दछ । अब यो छानेको पानीमा कागतीको रस मिसाउनुहोस् ।

यो मिश्रणलाई एउटा स्प्रे बोतलमा राख्नुहोस् । अब यसलाई कपालमा स्प्रे गर्नुहोस् । यसरी कपालको जरामा राम्रोसँग मालिस गर्नुहोस् । यसलाई हप्तामा एकपटक मात्र प्रयोग गर्दा पनि हुन्छ ।

अनारको बोक्राको पानीले कपाल बढ्न सहयोग गर्छ । यसले कपालमा चमक ल्याउनुका साथै बलियो पनि बनाउँछ । यसलाई नियमित रुपमा प्रयोग गरेमा कपालमा परिवर्तन देख्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved