शास्त्रअनुसार घरमा यस्ता संकेत देखिए हुन्छ अशुभ

नेपालभ्युज

शास्त्रअनुसार घरमा यस्ता संकेत देखिए हुन्छ अशुभ

एजेन्सी । प्रायः मानिसले वरिपरि हुने घटनाक्रमहरुलाई बेवास्ता गरिरहेका हुन्छन् । यस्ता केही संकेतहरु छन् जसले बर्बादीतिर इशारा गर्छन् ।

ज्योतिषशास्त्रअनुसार घरमा देखिइरहेका केही त्यस्ता संकेतहरुलाई पनि बेवास्ता गर्नु हुँदैन । किनकी यस्ता संकेतले धन देवता कुबेर रिसाउन सक्छन् । त्यसैले त्यस्ता संकेतहरुलाई बेवास्ता नगर्नुहोस् ।

वास्तुअनुसार यदी तपाईंको घरका भित्ता तथा कुनाहरुमा माकुराको जालो लागिरहेको छ भने यसलाई अशुभ संकेत मानिन्छ । यसले धन कुबेर रिसाउने संकेत गर्छ ।
जब अचानक पैसाको समस्या आउन थाल्यो । कमाई भन्दा खर्च धेरै भइरहेको छ भने बुझ्नुहोस् धनको देवता तपाईंसँग रिसाइरहेका छन् ।

त्यस्तै यदी घरमा पटक पटक काँच वा सिसा फुटेको छ भने यसले पनि अशुभ संकेत गर्दछ । यदी घरमा यस्तो पटक पटक हुन थाल्यो भने बुझ्नुहोस् तपाईंमाथि कुनै संकट आउँदैछ ।

यदी तपाईंको घरको नजिक वा वरिपरि विरालो रोएको आवाज आइरहेको छ भने राम्रो संकेत हुँदैन । यसलाई पनि अुशभ मानिन्छ ।

यदी पूजा गर्ने क्रममा अचानक बत्ती निभ्यो भने पनि अशुभ मानिन्छ । यसले देवीदेवताहरु रिसाएको भन्ने भनाई छ ।

तपाईंलाई यस्ता वास्तु तथा ज्योतिषशास्त्रका रितीरिवाज माथि विश्वास छ भने यस्ता कुराले तपाईंलाई असर गर्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved