राष्ट्रियसभा निर्वाचन : बागमतीमा चार सिटका लागि १५ जनाको उम्मेदवारी

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : बागमतीमा चार सिटका लागि १५ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार हेटौंडा उपमहानगरपालिका–५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा १५ जनाले उम्मेदवारी दिएका हुन् ।

बागमतीमा सत्ता गठबन्धन दलबाहेक नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएका छन् । वागमतीमा चार सिटका लागि निर्वाचन हुँदैछ ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले २ सिटमा उम्मेदवारी दिएको छ । कांग्रेसबाट महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यतर्फ जितजंग बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले १–१ सिटमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट अपाङ्गता भएका वा अल्पसंख्यकतर्फ श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट दलिततर्फ घनश्याम रिजालले उम्मेदवारी दिएका छन् ।

एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांङ्गता भएका वा अल्पसंख्यकतर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाबाट दलिततर्फ पूर्णबहादुर विश्वकर्मा, महिलातर्फ बालकुमारी डल्लाकोटी, अपाङ्गता भएका वा अल्पसंख्यकतर्फ भरतमणि भट्ट र अन्यतर्फ हेमजंग गुरुङले उम्मेदवारी दिएका छन् ।

वागमतीमा नेपाल मजदुर किसान पार्टीलमहिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगीता नेपाली, अपांङ्गता भएका वा अल्पसंख्यकतर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved