गण्डकीमा सत्ता गठबन्धनले गरायो उम्मेदवारी दर्ता

नेपालभ्युज

गण्डकीमा सत्ता गठबन्धनले गरायो उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा तीन सिटका लागि गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । सत्तागठबन्धन दल र नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धन र एमालेबाट तीन–तीन जनाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट गण्डकीमा माओवादीले १ र कांग्रेसले २ सिट पाएको छ ।

सत्ता गठबन्धनबाट नेकपा माओवादीबाट महिलातर्फ पर्वतकी मनरूपा शर्मा सुवेदी, कांग्रेसबाट अपांगताबाट तनहुँका पदम परियार र अन्यबाट गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved