कांग्रेसका १० उम्मेद्वार यस्ता छन्

नेपालभ्युज

कांग्रेसका १० उम्मेद्वार यस्ता छन्

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवारको टुंगो लगाएको छ । निकै रस्साकस्सीपछि कांग्रेसले अबेर राति उम्मेद्वारको टुंगो लगाएको हो ।

संस्थापन इतर समूहले ४ सिटमा दाबी नछोडेपछि बैठक लम्बिएको थियो । अन्ततः असन्तुष्टि र विरोधकाबीच कांग्रेसले संस्थापन पक्षका सात र संस्थापन इतरका तीनसहित १० जना उमेदवार चयन गरेको हो ।

कोसी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द प्रसाद ढुंगाना, वाग्मतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् ।

गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फ विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाइएको छ

यस्तै कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यमा बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

यसैबीच, महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभाका उमेदवार चयनका लागि बसेको पार्टीको संसदीय बोर्डको बैठकमा ६ बुँदामा विमति जनाएका छन् । महामन्त्री शर्माले उमेदवार चयनको विषयलाई लिएर सभापतिको कार्यशैलीसँग प्रस्ट असहमत रहेको बताएका छन् ।

उनले संसदीय बोर्डलाई पूर्णता नदिएर पदाधिकारीले मात्रै निर्णय गरिरहेको विषयमा पनि प्रश्न उठाएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved