विपिन जोशीको आज जन्मदिन, ३ महिनादेखि बाटो कुर्दै परिवार

नेपालभ्युज

विपिन जोशीको आज जन्मदिन, ३ महिनादेखि बाटो कुर्दै परिवार

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका विपिन जोशी इजरायलबाट सम्पर्कविहीन भएको तीन महिना भयो । उमेरले २४ लागेका विपिनको आज जन्मदिन परेको छ ।

परिवारले विपिनको बाटो कुरेको ३ महिना बितिसकेको छ । कतिबेला उनी सम्पर्कमा आउला भनेर परिवार जतिबेला पनि समाचार हेर्दै बसेकी हुन्छन् । तर, अझै पत्तो छैन ।

जन्मदिनमै छोरा आफूसँग नहुँदा बुवा महानन्द जोशी भावविह्हल बनेका बनेका छन् । ‘परराष्ट्र मन्त्री एसपी साउद हाम्रै जिल्लाका छन् । उहाँलाई बारम्बार छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरिसकेका छौँ । प्रयास भइरहेको छ । हामी लागिरहेका छौँ मात्रै भन्छन्’ उनले भनेका छन् ।

गत असोज २० गते(७ अक्टोबर) हमास समूहले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले कब्जामा लिएको थियो ।

कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन । बेपत्ता भएका विपिन जोशीलाई हमासले लगेको उनका सहकर्मीहरूले बताएमा थिए ।

हमासले हानेको ग्रिनेड जोशीले टिपेर उतै फालिदिएका थिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना नबच्ने नेपाल फर्किएका सहकर्मीहरूले बताएका थिए ।

गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनी ४९ विद्यार्थीसँगै त्यहाँ गएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved