एकीकृत समाजवादीले दुई सिटमै चित्त बुझाएपछि सत्तागठबन्धनमा भागबन्डा मिल्यो

आसन्न राष्ट्रियसभा निर्वाचनमा एकीकृत समाजवादीले दुई सीटमै चित्त बुझाएपछि सत्तागठबन्धनमा भागबन्डा मिलेको हो ।

नेपालभ्युज

एकीकृत समाजवादीले दुई सिटमै चित्त बुझाएपछि सत्तागठबन्धनमा भागबन्डा मिल्यो
फाइल फोटो

काठमाडौं । आसन्न राष्ट्रियसभा निर्वाचनमा एकीकृत समाजवादीले दुई सिटमै चित्त बुझाएपछि सत्तागठबन्धनमा भागबन्डा मिलेको हो । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार १९ सिटमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले पाउने  सहमति भएको हो ।

शनिबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले ११, माओवादीले ६, एस र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले एक–एक सिट दाबी गरेका थिए । चार दलले धेरै सिट दाबी गरेको भन्दै जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा बैठकबाट बाहिरिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved