सत्तागठबन्धनको बैठक बालुवाटारमा, राष्ट्रिय सभाको भागबन्डा मिलाउने अन्तिम प्रयास

राष्ट्रियसभामा रिक्त हुने सीट बाँडफाँटलाई टुंगोमा पुर्याउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।

नेपालभ्युज

सत्तागठबन्धनको बैठक बालुवाटारमा, राष्ट्रिय सभाको भागबन्डा मिलाउने अन्तिम प्रयास
फाइल फोटो

काठमाडौं । राष्ट्रियसभामा रिक्त हुने सीट बाँडफाँटलाई टुंगोमा पुर्याउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।

हिजो अबेरसम्म बसेको बैठकमा ठूला दलले धेरै सिटमा दाबी गरेपछि निश्कर्षमा पुग्न नसक्दा दलहरु विहानैदेखि छलफलमा जुटेका हुन् । सहमति खोज्न बालुवाटारमा सत्तारुढ चार दलका शीर्ष नेता भेला भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु छलफलमा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दलहरुका अनुसार बागमती र गण्डकी बाहेकका प्रदेशमा लगभग सहमति जुटिसकेको छ ।

नेकपा एसले बागमती र गण्डकीप्रदेशमा पनि आफ्नो भाग खोजेपछि हिजोको बैठक निश्कर्षबिहिन भएको थियो । भोलि उम्मेद्वारी दर्ताको कार्यतालिका रहेकाले आज जसरी पनि सहमति जुटाउनु पर्ने दबाबमा नेताहरु बैठकमा सहभागी भएका हुन् ।

कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिट पाउने गरी सहमतिको प्रयास भइरहेको बताइएको छ ।

सत्ता गठबन्धनबीच सीट संख्यामा सहमति नहुँदा दलहरुले अझै उम्मेद्वार चयन गर्न सकेका छैनन् । १९ सिटका लागि राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved