सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

सर्लाहीको बहरथवा नगर अस्पताललाई प्रदेशमातहत राख्न माग गर्दै भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ।

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

जनकपुरधाम । सर्लाहीको बहरथवा नगर अस्पताललाई प्रदेशमातहत राख्न माग गर्दै भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ। मृतकको पहिचान हुन सकेको छैन ।

पाँच राजनीतिक दलका नेता, कार्यकर्ताले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनलाई नगरप्रमुख कल्पना कटुवाल ले बेवास्ता गरेपछि स्थिति तनावग्रस्त भएको हो ।

के हो विवाद ?

बरहथवा नगरपालिका– ६ स्थित प्राथमिक स्वास्थ केन्द्रलाई ५० शैय्याको बनाउन नगरपालिका बोर्डले गरेको निर्णय कार्यन्वयनको माग राख्दै पटक–पटक प्रदर्शन भयो ।

त्यस्तै प्राथमिक स्वास्थ केन्द्रलाई प्रदेशमातहत ल्याउन माग गर्दै नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, बहुजन एकता पार्टी नेपालसहित ५ दलले नगरपालिकाको कार्यालय अगाडि पटक–पटक प्रदर्शन गरे ।

त्यसकै निरन्तरतास्वरुप आज पनि प्रदर्शन भएको हो । र प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको हो ।

बरहथवा नगर कार्यपालिकाको २०७९ असोज ९ गते बसेको बैठकले निर्माणधीन नगर अस्पताललाई स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved