राष्ट्रियसभाका उम्मेद्वार छान्न नेकपा समाजवादीको सचिवालय बैठक बस्दै

नेपालभ्युज

राष्ट्रियसभाका उम्मेद्वार छान्न नेकपा समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकले राष्ट्रियसभाका उम्मेदवार र विधान संशोधनबारे छलफल गर्ने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आगामी सोमबार उम्मेदवारी मनोनयन गर्नु पर्ने भएकाले समाजवादी छलफलमा जुटेको हो ।

प्रतिपक्षी एमालेलाई ३ सीटसम्म दिनुपर्ने कांग्रेस र माओवादीले गरेको प्रस्तावमा नेकपा समाजवादीले भने विरोध गरेको छ । गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको प्रस्तावमा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विरोध जनाएका छन् । कांग्रेसका पनि केहि नेताले प्रधानमन्त्री दाहालको प्रस्तावलाई लिएर असन्तुष्टि जनाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved