पर्यटन क्षेत्रमा नेपालले चीन र भारतसँग प्रतिस्पर्धा गर्न सक्छ : माओवादी नेता पुन

नेपालभ्युज

पर्यटन क्षेत्रमा नेपालले चीन र भारतसँग प्रतिस्पर्धा गर्न सक्छ : माओवादी नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुनले पर्यटन क्षेत्रमा नेपालले चीन र भारतसँग प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् ।

बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालमा चीनबाट पहिलो, भारतबाट दोस्रो र अमेरिकाबाट तेस्रो नम्बरमा बढी पर्यटकहरु आइरहेको उल्लेख गर्दै चीन र भारतसँग नेपालले पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने बताएका हुन् ।

भारतबाट वार्षिक ५ करोड र चीनबाट वार्षिक १० करोड पर्यटकहरु बाहिरिने गरेको भन्दै ती पर्यटकहरु नेपालले तान्न सक्नुपर्ने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved