आज राति उल्का वर्षा हुँदै, नाङ्गो आँखाले हेरेर मनोरञ्जन लिन सकिने

नेपालभ्युज

आज राति उल्का वर्षा हुँदै, नाङ्गो आँखाले हेरेर मनोरञ्जन लिन सकिने

काठमाडौं । आज राति उल्का वर्षा हुँदैछ । उल्का वर्षाको स्रोत भूतप नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

भूतप उल्का वर्षा आज दिउँसैदेखि अत्याधिक मात्रामा सक्रिय भए पनि नेपाली समय अनुसार राति साढे ११ बजेदेखि भोलि बिहान सुर्योदय अगाडिसम्म हेर्न सकिने सोसाइटी  अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

उल्का वर्षा नाङ्गो आँखाले हेर्न सकिने छ । अत्याधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किदा प्रज्वलित हुन्छन् जसलाई उल्का वर्षा भनिन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved