सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

एमालेलाई समेट्ने विषयमा छलफल हुने

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दै छ । बैठक विहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने छ । प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राष्ट्रियसभामा सिट दिनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा सहमति जुट्न नसकेपछि बैठक आजका लागि स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग भएको छलफलमा एमालेले राष्ट्रियसभामा भाग खोजेपछि एमालेका मागका विषयमा गठबन्धनभित्र सहमति खोज्ने प्रयास भएको हो । १९ सिटमध्ये एमालेका तर्फबाट रिक्त हुन लागेका ९ सिटका विषयमा कुरा मिल्न सकेको छैन ।

आजको बैठकले एमालेको प्रस्तावको विषयलाई टुंगोमा पुर्याउने नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

नेकपा एमालेले आफुलाई राष्ट्रियसभाको आसन्न निर्वाचनमा सून्य नबनाउन प्रधानमन्त्रीमाथि दबाब बढाउदै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved