पर्यटनमन्त्रीको आक्रोशः सबै अस्तित्व समान छ भन्दा राजीनामा माग्ने

नेपालभ्युज

पर्यटनमन्त्रीको आक्रोशः सबै अस्तित्व समान छ भन्दा राजीनामा माग्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबै अस्तित्व समान छ भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । मंगलवार काठमाडौंमा यश कुरारको म्युजिक भिडियो ‘तिमी छौ र त’ सार्वजनिक कार्यक्रममा उनले आफ्नो राजीनामा मागेकोप्रति आक्रोश व्यक्त गरेका हुन् ।

उनले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले राजतन्त्रप्रति इंगित गर्दै अहिले जानेर वा नजानेर मानिसहरुले पुरानो व्यवस्थालाई नै ल्याउन खोजेको बताए । उनले नेपाली समाजले मान्ने वा नमान्ने अर्को पाटो रहेको बताए । मन्त्री किराँतीले आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैँ तयार रहेको बताए । उनले आफ्नो लागि धर्म नेपाली, मन्दिर देश र भगवान जनता भएको बताए ।

मन्त्री किराँतीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति लक्षित गर्दै नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको बताए । उनले भावनामा आएर मात्रै देश नचल्ने बताए । मेयर साम्पाङप्रति लक्षित गर्दै उनले मेयरको कार्यालयमा राजाको फोटो झुण्ड्याइएको भन्दै यसरी समाज कता जान्छ भन्दै प्रश्न गरे ।

मन्त्री किराँतीले आफूलाई पशुपति विरोधी नै बनाउनेहरुले पशुपतिकै नाम जपेर आफ्नो राजीनमा मागेपनि अन्ततः हारेको बताए । उनले पशुपतिनाथको आफूले धेरै सेवा गरेको भन्दै पशुपतिनाथ भगवान नै रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved