सहकारी ठगी प्रकरण : प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना पुर्पक्षका लागि थुनामा

नेपालभ्युज

सहकारी ठगी प्रकरण : प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना पुर्पक्षका लागि थुनामा

पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका कुश्माका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको  छ ।

मंगलबार जिल्ला अदालत कास्कीका न्यायधीश ऋषिराज आचार्यको एकल इजलासले सहकारी ठगी प्रकरणमा जोडिएका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

पराजुली पुस ११ गते कुश्मा नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए । त्यस्तै, स्याङ्जाका बुद्धिसागर पौडेल मंसिर २९ र नुवाकोटका गोपाल खनाललाई प्रहरीले मंसिर २८ गते पक्राउ गरेको थियो । पोखरा २५ का राजु बराल भने यसअघि नै पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved