जुम्लाको विकासलाई सरकारले प्राथमिकता दिएको छ : प्रधानमन्त्री   

नेपालभ्युज

जुम्लाको विकासलाई सरकारले प्राथमिकता दिएको छ : प्रधानमन्त्री   

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुम्ला जिल्लाको समग्र विकासका लागि सरकारले उच्च महत्व दिएको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा(माओवादी केन्द्र)का जिल्लास्तरीय नेता तथा कार्यकर्तासँगको छलफलमा प्रधानमन्त्रीले जिल्लाको समग्र विकास निर्माणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।

उनले स्थानीयवासीको माग अनुसार सिञ्जा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापनाका लागि सरकारले आवश्यक निर्णय गर्ने विश्वाससमेत दिलाए ।

सो अवसरमा माओवादी केन्द्रका जिल्ला नेतृत्वले पार्टीले चलाएको तीन महिने अभियानको बारेमा जानकारी गराएको थियो । गाउँ–गाउँमा सङ्गठन विस्तार तथा सरकारको काम कारबाहीलाईसमेत जनस्तरमा पुर्‍याएको जनाउँदै अभियान सार्थक बनेकोसमेत जनाएको छ ।

यस्तै, आसन्न राष्ट्रियसभाको निर्वाचनमा जुम्ला जिल्लाबाट प्रतिनिधित्व गराइदिन आग्रह गरिएको थियो । सो अवसरमा प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामालगायतको उपस्थिति थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved