राष्ट्रियसभामा उम्मेदवार उठाउन मापदण्ड बनाउँदै एकीकृत समाजवादी

चुनाव हारेका र समानुपातिकमा नाम भएकालाई सिफारिस नगर्ने तयारी

नेपालभ्युज

राष्ट्रियसभामा उम्मेदवार उठाउन मापदण्ड बनाउँदै एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार उठाउन मापदण्ड बनाउने भएको छ । एकीकृत समाजवादीले सचिवालय बैठक राखेर उम्मेदवारको मापदण्ड बनाउने तयारी गरेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको लर्को लागेपछि एकीकृत समाजवादीले मापदण्ड बनाउन लागेको हो । पार्टीले यसअघि चुनाव हारेका र समानुपातिक सूचीमा नाम नपरेकाहरुलाई मात्रै उम्मेदवार सिफारिस गर्नेगरी मापदण्ड बनाउने तयारी गरेको बताइएको छ ।

फागुन २० बाट रिक्त हुने २० पदमध्ये माघ ११ गते १९ पदमा निर्वाचन हुँदैछ । त्यसमध्ये एकीकृत समाजवादीका नन्दा चपाई र सिंहबहादुर विकको अवधि सकिँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved