भीम रावल भन्छन् : प्रचण्डले ‘व्यवस्थाविरुद्धको डिजाइन’ भन्दै बालकुमारी घटनालाई मोड्न खोजे

नेपालभ्युज

भीम रावल भन्छन् : प्रचण्डले ‘व्यवस्थाविरुद्धको डिजाइन’ भन्दै बालकुमारी घटनालाई मोड्न खोजे

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवस्थाविरुद्धको डिजाइन भन्दै बालकुमारी घटनालाई तोडमोड गर्न खोजेको आरोप लगाएका छन् ।

स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले ‘ग्रयान्ड डिजाइन’ भन्ने शब्द प्रयोग गरेर सत्ताको खेल खेलेको भन्दै नेता रावलले प्रचण्न्डले पनि त्यस्तै तरिका अपनाएको आरोप लगाएका हुन् ।

‘गिरिजा प्र. कोइरालाले ग्र्याण्ड डिजाइन भन्ने तर नखोलेर सत्ताको खेल खेलेका थिए । उनैका प्रशंसक प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी हत्याकाण्डमा डिजाइन भएको भनेका छन् कस्तो र कसले गरेको ? प्रधानमन्त्रीले भन्नुपर्छ’, उनले ट्वीटरमा लेखेका छन्, ‘अन्यथा ध्यान अन्तै खिची यी विषय लुकाउने प्रधानमन्त्रीको डिजाइन हुनसक्छ ।’

प्रधानमन्त्रीले सोमबार मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै दुई युवा मारिएको घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved