ग्लोबल आइएमईको सातै प्रदेशमा प्रभातफेरि

नेपालभ्युज

ग्लोबल आइएमईको सातै प्रदेशमा प्रभातफेरि

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।

आम जनमानसलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान अभिवृद्धिको लागि बैंकले सातै प्रदेशका मुख्य मुख्य सहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।

बागमती प्रदेश अन्तर्गत काठमाडौंमा भएको प्रभात फेरिमा ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरू, बैंकका उच्च व्यवस्थापक लगायत बैंकका १ हजार ५ सयभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो ।

साथै, अन्य प्रदेशहरूमा बैंकको सम्बन्धित प्रादेशिक कार्यालयका प्रमुख सहित सम्बन्धित प्रदेशमा अन्तर्गतका बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभात फेरिमा उपस्थित कर्मचारीहरूले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर पनि मुख्य मुख्य सहरमा परिक्रमा गरेका थिए ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसूचकहरू अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो ।

देशका ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित ११०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकमा करिब ४ हजार कर्मचारी कार्यरत छन् । बैंकले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved