कांग्रेसले केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्दै

नेपालभ्युज

कांग्रेसले केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज केन्द्रीय समितिको बैठकको निर्णय आज सार्वजनिक गर्दै छ । केन्द्रीय कार्य समिति बैठकका निर्णय पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गर्न लागिएको हो ।

यसकालागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउसो १ बजे पत्रकार सम्मेलन गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसको केन्द्रीय समितिको बैठक हिजो सकिएको थियो । बैठकमा सरकारको समीक्षा गर्नुका साथै राष्ट्रियसभा निर्वाचन लगायतमा छलफल भएको थियो ।

बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको मापदण्ड निर्धारण, महासमितिको बैठकको नयाँ मिति अनुमोदन गर्ने लगायतका निर्णय गरेको नेताहरुले बताएका छन् ।

त्यस्तै बैठकले कांग्रेस अभियानलाई समुदायसँग जोड्न आगामी माघ ७ गतेदेखि २२ गतेसम्म कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ । कांग्रेसले राष्ट्रियसभामा अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक पाखा पारिएका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने गरी उम्मेदवारको मापदण्ड बनाउने भएको छ ।

कांग्रेसले निर्णय गरेका विषयवस्तुहरु दिउँसो पत्रकार सम्मेलन मार्फत जानकारी दिन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved