आइजिपी कुँवरले गरे रवीन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ विमोचन

नेपालभ्युज

आइजिपी कुँवरले गरे रवीन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ विमोचन

काठमाडौं ।  प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’  कथासंग्रह विमोचन गरिएको छ ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक (आइजिपी)  बसन्त बहादुर कुँवरले  उक्त कथासंग्रह विमोचन गरेका हुन्।

सो समारोहलाई सम्बोधन गर्दै आइजिपी कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा संवर्द्धनमा समेत तल्लीन रहँदै आएको बताए ।

उनले प्रहरी सेवा र साहित्य  फरक विधा जस्तो लागेता पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धित रहने चर्चा गरे । यस्तै डा. धुर्व चन्द्र गौतम र हरि अधिकारीले समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी प्रहरी सेवाका साथै  साहित्यमा समेत  सफल रहेको धारणा राखे ।

राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved