दर्शकदिर्घा खाली हुँदा पनि मन्त्रीले भाषण गरिरहिन्, श्रीमानले खिचिदिए फोटो

नेपालभ्युज

दर्शकदिर्घा खाली हुँदा पनि मन्त्रीले भाषण गरिरहिन्, श्रीमानले खिचिदिए फोटो

पोखरा । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ । रंगशालामा भएको एक कार्यक्रममा एक जना महिला भाषण गरिरहेकी छन् भने उनको फोटो एक पुरुषले खिचिरहेको तस्वीरमा देख्न सकिन्छ ।

यो तस्वीर कसले खिचेको हो भन्ने बाहिर आएको छैन । तर यो तस्वीर शुक्रबार पोखरामा खिचिएको हो । भाषण गर्ने गण्डकी प्रदेशकी सामाजिक विकास सुशिला सिम्खडा हुन् भने फोटो खिच्ने उनैका श्रीमान् ।

तस्वीर यसकारण भाइरल भएको हो कि भाषण सुन्ने केही दर्शक नहुनु र श्रीमानले फोटो खिच्नु । भाइरल भएको तस्वीरमा मञ्च अगाडि पूरै खाली देखिन्छ । तर, पनि मन्त्रीले भाषण भने गरिरहेकी छिन् ।

शुक्रबारबाट पोखरा रंगशालामा शुक्रबार सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोही प्रतियोगिता उद्घाटन गर्न मन्त्री सिम्खडा कार्यक्रमस्थल पुगेकी हुन् ।

खासमा उद्घाटन कार्यक्रम लामो भएकाले खेलाडी र दर्शकहरु भाषण नै नसुनी फर्किएका हुन् । उद्घाटनअघि खेलाडीहरुको मार्चपास पनि थियो । त्यतिबेला सहभागी धेरै नै थिए । तर मन्त्रीले भाषण गर्ने बेलामा कतिपय प्रतियोगिता कबर्ड हलमा सुरु भइसकेकाले खेलाडी खेल्न गए भने दर्शक प्रतियोगिता हेर्न । अनि रेफ्रीहरु खेल खेलाउन जाँदा प्रशिक्षकहरु आफ्नो खेलाडीलाई प्रतियोगितामा प्रतिक्षित गर्न गए । त्यसो हुँदा मञ्चमा केही अतिथि र पत्रकारहरु मात्रै बाँकी हुँदा मञ्च अगाडि दर्शकदिर्घामा कोही नभएका हुन् ।

‘म पनि खेलप्रेमी हुँ, जित्नुहोस् शुभकामना छ, उच्च मनोबलका साथ खेल्नुहोस् ।’ मञ्चबाट भाषण गर्दै मन्त्री सिम्खडाले यस्तो बताइरहँदा कुनै खेलाडी नभएको कार्यक्रममा सहभागी एक पत्रकारले भने ।
दर्शक दिर्घामा कोही नहुँदा पनि मन्त्रीले भाषण गर्न भने छाडिनन् ।

उद्घाटन समारोह र खेलका इभेन्ट एकैपटक सुरु भएकै कारण यस्तो अवस्था आएको कास्की जिल्ला खेलकुद विकास समितिका एक् सदस्य बताउँछन् ।

प्रतियोगितामा विभिन्न ६ खेलमा ३० वटा पदकका लागि प्रतिस्पर्धा हुने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved