ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सव, सातै प्रदेशमा बृहत् प्रभातफेरी

नेपालभ्युज

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सव, सातै प्रदेशमा बृहत् प्रभातफेरी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।

यही पुस १७ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पूरा भई १७ औँ वर्षमा प्रवेश गर्दैछ ।

काठमाडौँमा आयोजित प्रभात फेरीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षामूलक प्लाकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर मुख्यमुख्य शहरहरु परिक्रमा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved