बुवालाई औषधिको गोली लिएर आउँछु भन्थे, बन्दुकको गोली लागेर ढले

‘‘यतै सम्भावना नदेखेपछि कोरिया जानलाई भाषाको तयारी गर्न काठमाडौं गयो । अन्य देशमा पैसा खर्च गरेर पठाउन सक्ने घरको आर्थिक अवस्था छैन । यसैले कोरियन भाषा सिकेको थियो । कोरिया गएर बुबाको उपचार गर्छु भन्थ्यो । आज आफैँ बिलायो।’’

नेपालभ्युज

बुवालाई औषधिको गोली लिएर आउँछु भन्थे, बन्दुकको गोली लागेर ढले

काठमाडौं । अछामको चौरपाटी गाउँपालिका–१, सिउँडीका ६० वर्षका टेकबहादुर शाह ठकुरीको एक पाखो शरीर चल्दैन । शरीरको एक भागमा प्यारालाइसिस भएर थन्किएका छन् ।

टेकबहादुरका लागि बुढेसकालको भरोसा थिए, छोरा वीरेन्द्र । उनका दाइ भारतमा मजदुरी गर्छन् ।

२३ वर्षीय वीरेन्द्रको सपना भने कोरिया जाने थियो । कोरिया गएर पैसा कमाउने अनि प्यारालाइसिस भएका बुवाको उपचार गर्ने उनको चाहना थियो ।

आफ्नो सपना पुरा गर्ने संर्घषको लागि उनी काठमाडौैंमा भाषा परीक्षा पढ्न थाले । आर्थिक अवस्था कमजोर भएकाले कोरियाको सपना पुगेर २ वर्षअघि उनी काठमाडौं आएका थिए ।

गत दशैंमा उनी काठमाडौंबाट घर गए । वृद्ध अवस्थाका बुवा आमासँग आफू विदेश जाने भन्दै काठमाडौं फर्किए ।

सुजनको मृत्युले शोकमा दैलेखको महाबु स् ढल्यो ‘विधवा’ आमाको खम्बा, बेसहारा भए भाइबहिनी

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस)परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर उनै वीरेन्द्रको मृत्यु भएको छ । प्यारालाइसिस भएर ओछ्यानमा थन्किएका बुवा टेकबहादुरका लागि बुढेसकालको भरोसा गुम्यो ।

उनका गाउँलेहरू भन्छन्, ‘‘यतै सम्भावना नदेखेपछि कोरिया जानलाई भाषाको तयारी गर्न काठमाडौं गयो । अन्य देशमा पैसा खर्च गरेर पठाउन सक्ने घरको आर्थिक अवस्था छैन । यसैले कोरियन भाषा सिकेको थियो । कोरिया गएर बुबाको उपचार गर्छु भन्थ्यो । आज आफैँ बिलायो।’’

दुःखै गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले बुबा आमाले आफू लाई सम्हाल्न सकेका छैनन् ।

पढाइमासमेत अब्बल भएका वीरेन्द्रले आफू विदेश उड्ने बेला आमालाई काठमाडौंमा बिदाइका लागि बोलाउने बचन दिएर गएका थिए । तर, उनी कोरिया जाने परीक्षामा फर्म भर्न पाउने र्संघर्ष गर्दागर्दै बालकुमारी मै बिलाए ।

सम्बन्धित समाचार –

बालकुमारी प्रदर्शन : झोलामा बोकेको मोबाइलले गोली छेकेर जोगियो एक विद्यार्थीको ज्यान

प्रहरीसँगको झडपमा घाइते भएका अर्का युवकको पनि उपचारका क्रममा मृत्यु

मन्त्रीको गाडी जलाएपछि प्रदर्शनकारीमाथि धरपकड तीव्र, दर्जनभन्दा बढी समातिए (फोटो फिचर)

बालकुमारी प्रदर्शन : प्रहरीसँगको झडपमा एक युवाको मृत्यु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved