कांग्रेसले भन्यो- बालकुमारी घटनाको गम्भीर र निष्पक्ष छानबिन होस्

नेपालभ्युज

कांग्रेसले भन्यो- बालकुमारी घटनाको गम्भीर र निष्पक्ष छानबिन होस्

काठमाडौं । नेपाली कांग्रेसले बालकुमारी घटनाको गम्भीर र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ ।

कांग्रेसले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई प्रदर्शनकारीको मृत्यु भएको घटनाघटनाबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिनको माग गरेको हो ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । ‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गरेको छ । साथै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन कांग्रेसको अपिल छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved