२८ हजार भूकम्पपीडित परिवारको अस्थायी आवास तयार, ५२ हजार परिवार अझै त्रिपालमै

नेपालभ्युज

२८ हजार भूकम्पपीडित परिवारको अस्थायी आवास तयार, ५२ हजार परिवार अझै त्रिपालमै

काठमाडौं । जाजरकोट भूकम्पबाट घर गुमाएका ८० हजार परिवारमध्ये २८ हजार अस्थायी आवासमा सर्ने तयारीमा छन् ।

२८ हजार अस्थायी आवास हस्तान्तरणको प्रक्रियामा पुगेको गृहमन्त्रालयले जनाएको छ । वडा कार्यालयको समन्वयमा अस्थायी आवास हस्तान्तरण गरिने छ । थप ५२ हजारका लागि अस्थायी आवास बनाउन अझै बाँकी छ ।

गत कात्तिक १७ गते राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट ८० हजार घर बस्नै नमिल्नेगरि ध्वस्त भएका थिए । भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरासहित पाँच जिल्लाका ८० हजार घर भत्किँदा १ सय ५३ जनाको मृत्यु भएको थियो ।

घर गुमाएका ८० हजार परिवारकालागि सरकारले अस्थायी आवास बनाउन लागेको हो । गृह मन्त्रालयका अनुसार २८ हजार घरका बासिन्दाका लागि अस्थायी आवास निर्माण सम्पन्न हुने अवस्थामा छन् ।

थप ५२ हजार घरका बासिन्दाका लागि अस्थायी आवास निर्माणको काम भने अझै सुरु भएको छैन ।

अस्थायी आवास निर्माणका लागि केन्द्र सरकारले दुई अर्ब २६ करोड रुपियाँ उपलब्ध गराइसकेको छ । ८० हजार अस्थायी आवास निर्माणका लागि ४ अर्ब रुपियाँ आवश्यक पर्ने गृहमन्त्रालयको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved