एमाले काठमाडौं अध्यक्षमा पुन: दीपक निरौला

नेपालभ्युज

एमाले काठमाडौं अध्यक्षमा पुन: दीपक निरौला

काठमाडौं । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला पुन: निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनमा निर्मल देउलालाई पराजित गर्दै निरौला  पुन: निर्वाचित भएका हुन् । निरौलाले  ३ सय ७० मत पाउँदा देउलाले १ सय ९१ मत पाए ।

उपाध्यक्षमा  २ सय ६४ मतसहित विश्वराम सापकोटा निर्वाचित भएका छन् ।  उनले  १ सय ७४ मत पाएका नवराज पराजुलीलाई पराजित गरेका थिए ।

यस्तै  सचिवमा राजेश शाक्य ३ सय ७० मतसहित विजयी भए  भने उनका निकटतम प्रतिस्पर्धी सत्यनारायण डंगोल १ सय ९१ मत ल्याएर पराजित बने  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved