दोहा ट्रान्जिटबाट राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

नेपालभ्युज

दोहा ट्रान्जिटबाट राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । पौडेल गएराति दोहा पुगेका थिए ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेसनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले आज बिहान जेनेभाका लागि बिदाइ गरेका छन् ।

सोही टोलीले गएराति राष्ट्रपतिलाई दोहा विमानस्थलमा स्वागत गरेको थियो ।

राष्ट्रपति भोलि जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुनेछन् ।

यस क्रममा उनले न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यतालिका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved