मध्य र पश्चिम तराईमा अझै तीन दिनसम्म तातो हावा चल्ने

नेपालभ्युज

मध्य र पश्चिम तराईमा अझै तीन दिनसम्म तातो हावा चल्ने
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तातो हावा चल्ने चेतावनीसहितको नक्सा । अत्यधिक गर्मी हुने स्थानमा रातो भागमा ।

काठमाडौं । मुलुकको मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने भएको छ । यसले गर्दा पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा अत्यधिक गर्मी जारी रहनेछ ।

यसकारण जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन भनेको छ ।

महाशाखाका अनुसार मधेश र बागमती प्रदेशको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा बढी गर्मी छ । केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पनि मापन गरिएको छ ।

कोशी प्रदेशमा भने बेलाबेला पानी परिरहेकाले कोशी प्रदेशका जिल्ला शीतल छन् ।

बाढी पूर्वानुमान महाशाखाले त भोलिदेखि कोशी प्रदेशका नदीहरूमा बाढी आएर जलसतह बढ्ने सूचना नै जारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved