सामसङको ‘ग्यालेक्सी ए २५ फाइफ जी’ बजारमा, यस्ता छन् विशेषता 

नेपालभ्युज

सामसङको ‘ग्यालेक्सी ए २५ फाइफ जी’ बजारमा, यस्ता छन् विशेषता 

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी ए२५ फाइभ जी लिएर आएको छ । यो अत्यन्त छिटो चार्ज हुने, धेरै समय चलिरहने ब्याट्रीको साथ साथै लामो समयका लागि अद्यावधिक ओएस युक्त स्मार्टफोन हो ।

यो स्मार्टफोनले फुल एचडी प्लस रिजोलुसन र भिजन बुस्टरका साथ ६.५ इन्चको सतहयुक्त सुपर एमोएलइडी स्क्रिन प्रदान गरेको छ । यस फोनको अगाडि पट्टि १३ एमपीको सेल्फी क्यामराजडित छ । पछाडि ओआईएस र भीडीआईएस (ईआईएस) युक्त ५० एमपीको मुख्य क्यामरा रहेको छ ।

जसले प्रयोगकर्ताहरुलाई स्थिर, धमिलोरहित फोटो र भिडियोहरू खिच्न सहयोग गर्नेछ । यसका साथै यसमा ८ एमपी अल्ट्रा वाइड क्यामरा र २ एमपि म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ । यस स्मार्टफोनमा एक्सीनोस १२८० प्रोसेसर जडित छ । यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्बाध सुचारु रहन्छ ।

सामसङ ग्यालेक्सी ए२५ फाइभ जीसँग सामसङ नक्स भल्टको साथ छ । जसले तपाईंको फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन दिँदैन । ग्यालेक्सी ए २५ फाइभ जीको ५ हजार एमएएच ब्याट्री रहेको छ भने २५ वाटको टाइप सी चार्जरको सहायताले तुरुन्तै रिचार्ज समेत गर्न सकिनेछ । कम्पनीले ग्यालेक्सी ए२५ ५जी दुई थरीको ८जिबि र्‍याम र १२८–२५६ आन्तरिक स्टोरेजमा उपलब्ध गराएको छ ।

यसमा माइक्रो एसडि कार्डको प्रयोग गरी थप १ टिबिसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । यो फोन गाढा निलो, निलो र पहेंलो गरी ३ रंगमा उपलब्ध छ । यो स्मार्टफोन हाल ८र१२८ जिबिका लागि ४० हजार ९९९ र ८र२५६ जिबिका लागि ४४ हजार ९९९ रुपैयाँ बजार मूल्य तोकिएको छ ।

ग्राहकले देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्समार्फत शून्य प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्ता तिरेर मोबाइल लिन सक्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved