हेटौंडाको मानव आश्रमका दुई युवाको मृत्यु

नेपालभ्युज

हेटौंडाको मानव आश्रमका दुई युवाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । मकवानपुरको हेटौंडास्थित एक मानव सेवा आश्रममा बस्दै आएका दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आश्रममा बस्दै आएकी १९ वर्षकी पूजा मानव र २५ वर्षीय अमित विकको मृत्यु भएको हो ।

पूजालाई २०७६ सालमा बागलुङको सडकपेटीबाट उठाएर ल्याइएको थियो भने विकलाई मकवानपुरको बकैया– ३ हात्तिसुँडेस्थित बाटोबाट बेवारिसे अवस्थामा उद्धार गरी ल्याइएको थियो ।

पूजाको गत मंगलबार र अमितको बिहीबार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डिएसपी लक्ष्मी भण्डारीका अनुसार उनीहरुको कालगतिले मृत्यु भएको हो ।

भण्डारीका अनुसार उद्धार गरी ल्याउँदा नै उनीहरूको स्वास्थ्य अवस्था कमजोर थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved