मन्त्रिपरिषद् बैठक दिउँसो बस्दै

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक दिउँसो बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सरकारको एक वर्षे कार्यकाल पुरा भएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठक दिउसो ३ बजे सिंहदरबारमा बस्ने छ ।

सरकारले चाहे अनुसार काम गर्न नसकेको अभिव्यक्ति दिएका प्रधानमन्त्री दाहालले आज केहि महत्वपूर्ण मन्त्रालयका सचिवहरुको हेरफेर गर्ने योजना बनाएका छन् । यद्यपी आज विहिबार मन्त्रिपरिषद्को नियमित बैठक हो ।

मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक निर्णय हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved