टेरामक्स प्रणाली खरिदबारे लेखा समितिको १५ प्रश्न, अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

संसदको सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

नेपालभ्युज

टेरामक्स प्रणाली खरिदबारे लेखा समितिको १५ प्रश्न, अनुसन्धान गर्न अख्तियारलाई निर्देशन
फाइल तस्वीर ।

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समिति बैठकले हरेक ३० दिनमा अनुसन्धानका क्रममा भएको प्रगतिबारे समितिलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ ।

समितिले टेरामक्स प्रणाली खरिदबारे बुधबार नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । समितिले खरिद प्रक्रियामा १५ प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved